News

Apr 10, 2009

सघन तुवाँलोको अंग्रेजी अनुवाद प्रकासित भयो

लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग/राई चन्द्र दुमी
निकैबर्ष अघिदेखि चर्चामा आएको सघन तुवाँलोको अंग्रेजी अनुवाद श्रीलमिस्ट भएर अव बजारमा आउने भएको छ । दक्षिण एसियाकोलागि प्रकासित प्रतिहरुमध्य लेखक रामकृष्ण बान्तवालाई प्रकाशक मिस्टर माईकल मोरोको एसिस्टेन मिस जो मार्फत ६० प्रति हात लागि भएको छ भने लेखक हस्ते सनरार्इज साप्ताहिकलाई एकप्रति प्राप्त भएको छ । लेखक बन्तवाले ५५ प्रति नेपालका बिभिन्न समालोचक बिव्दानहरुलाई नेपालतर्फ पठार्इसकेका छन । उन्को अनुसार अंग्रेजी पाठक नेपालीहरुकोलागि कम्पनीले कुन क्षेत्रको कस्तो पसलमा उपलब्ध गराउँछ पछि सनरार्इज साप्ताहिक तथा एभरेस्ट साप्ताहिक नेपाली पत्रिकाहरुबाट जानकारी गरार्इनेछ । श्रीलमिस्ट भनेर सघन तुवाँलोलाई संकेत गरेर नरदेवी रार्इले अनुवाद गरेको नारीप्रधान पूर्ण उपन्यासभित्र किरात मुद्धुमी सँस्कृतिको सकारात्मक ब्याख्या तथा देशीय बिकृतिको उच्च र सभ्य शैलीमा चिरफार भएको छ । नेपाली कथाभित्रको शब्दभावलाई गहन अध्ययन गरेर अनुवाद गर्नुभएको छ भने प्रकासक मोरोको निजी प्रुफरिडरले सामान्य र गर्नैपर्ने सुधारहरुमात्र सच्याएको लेखक बान्तवाले सनरार्इजलाई बताएका छन । अंग्रेजीको सामान्य ज्ञान राख्नेहरुले सहज बुझ्न सकिने ढंगले अनुवाद गरेको श्रीलमिस्ट अंग्रेजी साहित्यमा कुनै लोककथा पढेजस्तो रमाईलो लाग्ने स्वतन्त्र पत्रकार रार्इ चन्द्र दुमीले बताएका छन । उन्को अनुसार एक नेपाली लेखक त्यो पनि जनजाति मुलका र नेपाली संस्कार सँस्कृतिको प्रचार र बिकृति चिरफारको कुराहरु फेरी अन्तराष्ट्रिय जगतमा उस्तै गर्विलो परिचय दिन सक्षम होसीयारी र चलक्याईपूर्वक कलात्मक ढंगले लेखिएको कथा अंग्रेजीमा अनुवाद हुनु हामी सम्पूर्ण नेपालीहरुकोलागि गर्वको बिषय हो । आकर्षक आवरणमा मडारिईरहेको बादलभित्र निधारको टिका र नाकको फूलीले नेपाली परिचयदिने कुनै महिला आकृति र खाली उपन्यासको नाम र लेखककोमात्र नाम अंकीत रहेपछि भित्री पृष्ठहरुमा लेखकको आजसम्मको कृतिहरुको परिचय, त्यस्को दोश्रो पृष्ठमा फेरी लेखकको नाम कृतिको नाम र प्रकासन गर्ने प्रेसको ठेगाना An orchid Pavlion book Asia 2000 Limited Hongkong त्यसपछिको एक पानामा लेखकले आफुलाई साथदिने प्रिय परिवारहरुलाई सम्वोधन गरेको लेखकको कोटेशनपछि भाग,भागमा बिभाजित कथालाई सललल बगाईएको छ । जसरी सघन तुवाँलोलाई ७१ भागमा बिभाजन गरेर लेखकले आकर्ष ढंगले प्रश्तुत गरेका छन उसैगरी त्यतिनै भागमा श्रीलमिस्ट प्रकासित गरेका छन भने सामान्य ब्याकरणहरु र शब्दमिठासमा बलपुग्ने सानातिना शब्दहरुमात्र हेरफेर गरिएको छ । हरेक नेपालीले लेखकको यस सफलतालाई हार्दिक बधाई र प्रकासक मिस्टर माईकल मोरोलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु आवश्यक छ ।

No comments: