News

Apr 13, 2009

रक्षा मन्त्रालय सेनाले थर्काएर नथर्कने - बादल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री रामबहादुर थापा बादलले रक्षा मन्त्रालय सेनाले थर्काएर नथर्कने बताएका छन् । दोस्रो गणतान्त्रिक जिल्ला परिषद् उद्घाटन गर्न आइतबार गृहजिल्ला गुल्मी आएका थापाले नेपाल पत्रकार महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । राष्ट्रिय पञ्चायतमा सेनाले जनप्रतिनिधिलाई थर्काउने गरेको भए पनि अहिले सेना लोकतान्त्रिक प्रक्रिया र जनप्रतिनिधिको आदेशअनुरूप चल्नुपर्ने उनको भनाइ थियो । 'सेना र रक्षा मन्त्रालयबीच बढेको दूरी रचनात्मक ढंगबाट हल होस् भन्ने मेरो चाहना छ,' उनले भने । सेनाका जर्नेलहरूको म्याद थप्ने विषयमा सर्वोच्चले दिएको आदेश गलत भएकाले रक्षा मन्त्रालयले कानुनी प्रक्रियाका लागि सर्वोच्चमा रिट दायर गरेको थापाले जानकारी गराए । आइतबार रक्षामन्त्री तम्घासमा आउँदा पनि गुल्मीमा रहेको भैरवप्रसाद गणका सैनिकहरू स्वागतका लागि ब्यारेकबाट बाहिर आएनन् । सैनिक स्रोतका अनुसार रक्षामन्त्रीले जिल्लाका सबै कार्यालय प्रमुखलाई भेट गरेर निर्देशन दिए पनि भैरवप्रसाद गणको निरीक्षण गरेका छैनन् । राजधानीमा हुन लागेको पृतनापतिहरूको सम्मेलनमा आफू सहभागी नहुने उनले स्पष्ट पारेका छन् । 'यो नियमित सम्मेलन हो,' थापाले भने, 'यसमा मन्त्रालयले कुनै हस्तक्षेप गर्दैन ।'

No comments: