News

Apr 13, 2009

जिउँदै जलाइयो अपहरणकारी महिलालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनुषाको भरतपुर गाविसमा बालबालिकालाई अपहरण गर्ने कार्यमा संग्लन रहेको आरोपमा स्थानीय बासिन्दाले एक महिलालाई आइतबार जिउँदै जलाइदिएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार भरतपुर-५ का राजु विश्वकर्माका अढाई वषीय छोरा मनीषलाई अपहरण गरी भाग्न खोजिरहेका बेला ती महिलालाई आक्रोशित स्थानीय बासिन्दाले नियन्त्रणमा लिई ढुंगामुढा र कुटपिट गर्दै जलाइदिएका थिए। अपहरणकारी महिलाको शव भरतपुर-४ चारनाथ खोलामा पाइएको थियो। अन्दाजी ४५ वषीया मृतक महिलाको नाम खुल्न नसकेको प्रहरी उपरीक्षक यादवराज खनालले जनाएका छन्। चैत्र २८ गते पनि दुइ जना बालकलाई अपहरण गर्न खोजेको आरोपमा दुइ महिलालाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको थियो। सो घटनामा पक्राउ परेकी कौशिल्या देवी स्थानीय बासिन्दाको कुटाइबाट घाइते भएकीले उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ।

No comments: