News

Apr 5, 2011

बेलायत सरकारले यसवर्ष १ सय ७६ जना गोर्खा सैनिक भर्ति गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगरबाट सप्तरीको फत्तेपुर गइरहेको ना ३ ख २३७० र फत्तेपुरबाट धरानका लागि आइरहेको ना२ख ६८३५ नम्बर बस इनरुवा-लौकही खण्डको चिडौलीमा सोमबार आपसमा जुधेर भएको दुर्घटनामा १० जना यात्रुको मृत्यु भएको छ । करिब ९० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने सुनसरीको इनरुवा-लौकही खण्डमा भएको दुर्घटनाका मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । मृतक मध्ये पाँच महिला र पाँच पुरुष छन् ।
घटनामा परेकाको उद्धार गर्न गएको प्रहरीको भ्यानलाई अर्को बसले ठक्कर दिदा ६ जना प्रहरी समेत घाइते भएको प्रहरी निरिक्षक देबीप्रसाद वरालले बताए । सनाखत हुनेमा सप्तरीको फत्तेपुर-४ की ६२ बर्षिय अम्बिका बस्नेत र सुनसरी इनरुवा ३ का रामेश्वर चौधरी छन् । ८ जनाको सनाखत हुन सकेको छैन ।
चार जनाको बिराटनगरस्थित न्युरो अस्पताल, दुईजनाको सुनसरी जिल्ला अस्पताल र एकजनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै बसका घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तिनमा सुनसरी इनरुवाका मोहन बास्तोला, झुम्काकी मुना आचार्य, अशोक आचार्य र समिता खडका, लौकहीकी सोनीकुमारी साह, आकासकुमार मण्डल, सप्तरी फत्तेपुरका पदम कार्की, सुभाष बस्नेत, उदयपुर तपेश्वरीका धर्मनाथ शर्मा ,राजु कटेल, बेल्टारका नेमा शेर्पा र कबिराज राईलगायत छन् । उनीहरु अधिकांशको टाउको फुटेको र हातखुट्टा भाँचिएको छ ।

No comments: