News

Apr 12, 2011

विराटनगरमा चारजना स्रष्टालाई सम्मान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, चैत्र २९ - प्रतिष्ठान तथा ज्ञानगुन प्रकाशनले मंगलबार विराटनगरमा चारजना स्रष्टालाई सम्मान गरेको छ । विराटनगर उपमहानगरपालिकाको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा ती स्रष्टालाई सम्मान गरिएको हो । वरिष्ट साहित्यकार, समाजसेवी एवं पत्रकारकार चूडामणि रेग्मीको ७५ औं जन्मोत्सव अवसर पारेर आयोजित कार्यक्रममा साहित्य र पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरिएको हो । कार्यक्रममा चूडामणि रेग्मी भाषा सेवा सम्मानबाट प्राध्यापक डा. टंक न्यौपाने, चूडामणि रेग्मी स्रष्टा सम्मानबाट कवि तथा गजल स्रष्टा मधु पोखरेल, चूडामणि रेग्मी हास्यव्यंग स्रष्टा सम्मानबाट लक्ष्मण नेवटिया तथा चूडामणि रेग्मी पत्रकारिता सम्मानबाट कृष्ण अधिकारीलाई सम्मानित गरिएको थियो । साहित्यकारहरु बालकृष्ण पोखरेल, कृष्णभूषण बल, दधिराज सुवेदी, बद्रप्रसाद पहाडीलगायतले स्रष्टाहरुलाई सम्मान गरेका थिए ।

No comments: