News

Apr 6, 2011

पुरै तराई क्षेत्रमा लाठी जुलुस प्रदर्शन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थरुहटले आज बाँके लगायत पुरै तराई क्षेत्रमा लाठी जुलुस प्रदर्शन गर्ने भएको छ । २४ गते मसाल जुलुस निकालेर २५ गतेबाट अनिश्चितकालीन आमहड्तालमाको घोषना गरेको थरुहटले आज लाठी जुलुस निकाल्न थालेको हो । थरुहट स्वायत्त राज्य परिषदले एक बिज्ञप्ती जारी गरि प्रधानमन्त्री झलनाथ खनाल माओवादी अध्यक्ष प्रचण्ड तथा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भएका सहमतीहरु षडयन्त्रमूलक गद्दारी भएको भन्दै आन्दोलन गर्नुको बिकल्प नभएको बताएको छ । थरुहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मन थारुद्धारा हस्ताक्षरित बिज्ञप्तीमा चार बुँदै सम्झौताले थारुहरुको अस्तित्व मेटिने भएको र सम्झौता खारेज नभएसम्म आन्दोलन चर्काउने चेतावनी दिइएको छ । थारुहरुलाईसम्झौताले मधेसी बनाउन खोजेको थरुहटको आरोप रहेको छ ।

No comments: