News

Apr 9, 2011

बजेट तयारीप्रति माओवादी सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २६ - सत्तारुढ माओवादी सरकारले बैशाख तेस्रो साता ल्याउन लागेको आगामी आर्थिक वर्षको पूर्ण बजेटप्रति सकारात्मक देखिएको छ । आफूखुशी निर्णय गरेको भन्दै 'गम्भीर' छलफल गर्ने निर्णयमा पुगेको माओवादी शनिबार एमालेसँगको जवाफपछि सकारात्मक देखिएको हो । बैठकमा माओवादीले बजेट ल्याउने विषयमा मतभिन्नता नरहेको बताएको एमाले प्रमुख सचेतक भीमप्रसाद आचार्यले जानकारी दिए । शुक्रबार साँझ अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको माओवादी पदाधिकारी बैठकले पूरक बजेट ल्याउने पूर्व सहमतिविपरीत सरकारले पूर्ण बजेट ल्याउने तयारी गरेको भन्दै आपत्ति जनाएको छ । एमालेले सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउन र सात बुँदे सहमति कार्यान्वयनमा चासो नदेखाएको भन्दै बैठकले विरोध गरेको थियो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पूरक बजेट ल्याउन समय नभएकाले पूर्ण बजेट ल्याउन आफूहरु सकारात्मक रहेको बताए । दुई दलबीच सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने सहमति भएको छ । बैठकमा न्यूनतम साझा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारका विषयमासमेत छलफल भएको एमाले सचेतक आचार्यले जानकारी दिए ।

No comments: