News

Apr 9, 2011

तोकिएकै समयमा संविधान जारी हुने प्रधानमन्त्रीको दावी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान सभाको म्याद केही समय थप गर्न सकिने अभिब्यक्ति दिएका प्रधानमन्त्री झलनाथ खनालले पुन: तोकिएकै समयमा संविधान जारी हुने दावी गरेका छन्। सरकारले पनि केही दिन भित्रै पूर्णता पाउने उनको दावी छ। शुक्रवार राजधानीमा सुरु भएको रोटरी क्लव नेपालको तीन दिने जिल्ला सभाको उद्घाटन गर्दै प्रधानमन्त्री खनालले जेठ चौध भित्रै संविधान जारी हुने दावी गरेका हुन्। त्यसका लागि दलहरु बीच छलफल भइररहेको भन्दै प्रधानमन्त्री खनालले संविधानमा समावेश गरिने विवादित विषयमा केही दिन भित्रै सहमति जुट्ने र संविधानले मूर्त रुप पाउने दोहोर्‍याए। अहिलेको सरकारको मुख्य दायित्व शान्ति र संविधान भएको बताउदै प्रधानमन्त्री खनालले मन्त्री मण्डल विस्तारमा सहयोग गरि संविधान लेखनको कामलाई सहज वनाउन पनि दलहरुसंग आग्रह गरे। गणतन्त्रलाई संस्थाग गर्न पनि सवै जिम्मेवार दलहरुको समान भूमिका हुने उनको भनाइ थियो। त्यसको लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउदै प्रधानमन्त्री खनालले संविधान लेखन सम्पन्न भएपछि मात्र विकास निर्माण लगायत अन्य महत्वपूर्ण कार्यलाई अघि वढ्न सक्ने पनि वताए।
शुक्रवार नै नेपाल इन्जिनियरिङ्ग पेशाकर्मी संघको दोस्रो महाधिवेसनको उद्घाटन गर्दै प्रधानमन्त्री खनालले सरकार विस्तारबारेको अन्यौल एक–दुइ दिनमै अन्त्य हुने दावी गरेका छन्। उनले सरकारलाई पूर्णता दिनेबारे सहयात्री दलसँगको छलफल अन्तिम चरणमा पुगेको दावी पनि गरे। सो अवसरमा प्रधानमन्त्री खनालले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिन काँग्रेस लगायत अन्य सबै दलहरूसंग आग्रह पनि गरे।

No comments: