News

Apr 10, 2011

संविधान निर्माणको लागी दवाव दिन आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेवा: स्वायत्त मंका: संघर्ष समिति र तामसालिङ्ग संयूक्त संघर्ष समितिले संयूक्त मोर्चा निर्माण गर्दै संविधान निर्माणको लागी दवाव दिन आन्दोलनको घोषणा गरेका छन् । समितिको आन्दोलनका कार्यक्रमहरुमा नेवा: र तामसालिङ्ग बन्द लगायत मसाल जुलुस आमसभा लगायतका रहेका छन् ।
समितिले जेठ १४ गते धर्म निरपेक्ष जातीय स्वायत्तता संघीयता लोकतन्त्र गणतन्त्र यूक्त आदीवासी जनजातिमैत्रि संविधान जारी हुनु पर्ने, संक्षिप्त संविधान जारी गर्न नहुने, आत्म निर्णय र राजनैतिक अग्राधिकारसहितको संघीयता बनाउनु पर्ने प्रादेशिक भाषालाई केन्द्रीय सरकारको कामकाजी भाषाको रुपमा मान्यता दिनु पर्ने लगायतका मागहरु अगाडि सारेको छ । माओवादी केन्द्रीय सदस्य कमानसिंह लामाले संविधानसभाको म्याद थप्ने कुरा आफूहरुलाई मान्य नहुने भन्दै जेठ १४ गतेभित्र नै संविधानजारी गराउन दवाव स्वरुप आन्दोलन गरेको दावी गरे ।

No comments: