News

Apr 13, 2011

शान्ति सुरक्षा कायम गर्न सरकारसँग माओवादीको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी)ले राजधानीमा हत्या र हिंसाको शृंखला बढेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकारसँग माग गरेको छ। माओवादी स्थायी समितिको मंगलबार राजधानीमा बसेको बैठकले व्यवसायी, राजनीतिक दलका नेता तथा र्सवसाधारणमाथि सांघातिक हमला बढ्नुले नागरिक प्रशासन कमजोर भएको निष्कर्षनिकालेको छ। माओवादीले श्रृखलाबद्ध हिंसामा संलग्न समूह वा व्यक्तिको पहिचान गरेर कारबाही गर्न पनि माग गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो। माओवादीले मंगलबार पनि सरकारमा पठाउने व्यक्तिको नाम चयन गर्न सकेन। गृह मन्त्रालय माओवादीलाई दिने सुनिश्चित भएमात्रै नाम तय गरिने माओवादीले बताउँदै आएको छ।

No comments: