News

Apr 11, 2011

प्रधानन्यायाधीशमा खिलराज रेग्मीको नाम सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश खिलराज रेग्मीको नाम संबैधानिक परिषद्ले सिफारिस गरेको छ । परिषदको सोमबार बसेको बैठकले सर्वसम्मतीले रेग्मीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । रेग्मीको नाम अब ब्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिमा पठाइने छ । संसदीय सुनुवाइको प्रक्रिया सकेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । वर्तमान प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले उमेर हदका कारण आगामी बैशाख २२ गते अवकास पाउँदै छन् । यसअघि चैत २२ गतेदेखि नै उहाँले इजालसमा बस्न छाडीससक्नु भएको छ ।

No comments: