News

Apr 6, 2011

साईबाबाको स्वास्थ्य स्थिती गम्भिर भएपछी भेन्टिलेटरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धार्मिक गुरु सत्य साईबाबाको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । मृगौला र फोक्सोमा खराबी आएर श्वासप्रश्वासमा कठिनाइ भएपछि उनी आफ्नै संस्थाको पुट्टपर्तीस्थित अस्पतालमा गत साता भर्ना भएका थिए । डायलसिस गराइरहेका साईबाबाको स्वास्थ्य नाजुक बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको श्री सत्य साई इन्सिच्युट अफ हाइअर मेडिकल साइन्सेजको बुलेटिनमा उल्लेख छ । साईबाबा अस्वस्थ भएको खबरले आन्ध्र प्रदेशको पुट्टपर्तीस्थित आश्रममा हजारौं अनुयायी आउन थालेका छन् । प्रहरीले सहरमा समूहगत रूपमा भेला हुन रोक लगाएको छ । भारत र विदेशका दसौं लाख अनुयायीमध्ये केहीले उनलाई 'जीवित देवता' का रूपमा विश्वास गर्छन् । सन् १९१८ मा निधन भएका सिर्दीका साईबाबाको पुनर्जन्म भएको उनीहरूको विश्वास छ । सयभन्दा बढी मुलुकमा उनका अनुयायी छन् । उनको संस्थाले भारतमा विभिन्न अस्पतालसहित स्वास्थ्य र शिक्षा परियोजनामा आर्थिक सहयोग गरेको छ ।

No comments: