News

Apr 8, 2011

माओवादी स्थायी समिति बैठक बस्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट तथा समसामयिक विषयमा छलफल गर्न आमोवादी स्थायी समिति बैठक आज बस्दै छ । अपरान्हृ तीन बजेपछि नयाँबजारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्री र पार्टीका अन्य आन्तरिक विषयहरुमा छलफल हुने बताइएको छ । झलनाथ खनाल नेतृत्वको सरकारमा यसअघि माओवादी बाट कृष्णबहादुर महरा उपप्रधान र सूचना तथा सञ्चार, टोपबहादुर रायमाझी भौतिक योजना तथा निर्माण, वर्षमान पुन शान्ति तथा पुनःनिर्माण, र खड्खबहादुर विश्वकर्मा पर्यटन मन्त्री छन् । पार्टीले पाउन बाँकी सात मन्त्रालयमा एक सय भन्दा बढि नेता दावेदार देखएपिछि मन्त्री छान्न पटकपटक बस्दै आएको माओवादी बैठक निष्कर्षहीन हुँदै आएको छ ।

No comments: