News

Apr 10, 2011

हुम्लाका शिक्षकहरु आन्दोलनमा उत्रिए

गत साउनदेखि तलब नपाएको भन्दै हुम्लाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । आर्थिक वर्ष ०६६/०६७ देखि १८ नम्बरको खातामा रहेको तलब भत्ता पाउनुपर्ने माग राखी सङ्घर्षका कार्यक्रम घोषणा गरेको नेपाल शिक्षक युनियन जिल्ला कार्य समिति हुम्लाका अध्यक्ष गङ्गाप्रसाद भट्टले जानकारी दिए । सङ्घर्षका कार्यक्रमहरूमा ०६७ चैत २५ देखि ०६८ वैशाख १४ गतेसम्मका लागि विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ । आन्दोलनका घोषित कार्यक्रममध्ये गत चैत २५ जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन, शिक्षा मन्त्रालय, विभाग, अर्थमन्त्रालयलगायत निकायहरुमा ज्ञापनपत्रसमेत पठाइएको छ ।

No comments: