News

Apr 5, 2011

राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको भट्टराईको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । गोरखा विद्यार्थी समाजले काठमाडौंमा गरेको कार्यक्रममा शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई धरापमा पारेर राष्ट्रपति शासन लगाउने षड्यन्त्र भइरहेको भट्टराईले आरोप लगाउनुभयो । गोरखा विद्यार्थी समाजले गरेको चियापानमा भट्टराईले संविधानमा षडयन्त्र भए जनताले नया ढङ्गबाट आन्दोलन उठाउने चेतावनी दिनुभयो ।
अर्का उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले आफ्नो दलले राष्ट्रिय स्वाधिनता र क्रान्तिकारी आन्दोलन विरुद्ध कसैसाग सम्झौता नगर्न प्रष्ट पार्नुभयो । अर्को प्रसङ्गमा उपाध्यक्ष श्रेष्ठले आफू र उपाध्यक्ष भट्टराईबीच घनिष्ट सम्बन्ध रहेको प्रष्ट पार्दै दुवै नेता मिलेर गोरखासहित सिङ्गो देशलाई नै एकढिक्का बनाउने बताउनुभयो ।

No comments: