News

Apr 11, 2011

तोकिएको समयमै संविधान जारी हुन्छ: प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले तोकिएको समयमै संविधान जारी हुने दोहोर्‍याउनु भयो । उहाँले जनताको चाहना अनुसार संविधान ल्याउन जस्तो सुकै त्याग र तपस्या गर्न पनि आफुहरु तयार रहेको दाबी पनि गर्नुभयो । काभ्रेको पोखरीचौंरी गाविसस्थित जागृति उच्च माविको स्वर्ण महोत्सवमा सहभागी हुन पुग्नु भएका प्रचण्डले सरकारले पूर्णता नपाउनुमा एमालेकै कारणले भएको बताउनुभयो । गृहमन्त्री नपाउँदासमेत नाम नपठाउने पनि प्रचण्डको भनाइ छ ।

No comments: