News

Apr 11, 2011

आज सरकार विस्तार हुँदै ,एमालेको मन्त्रीहरुलाई मात्रै सपथ खुवाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री झलनाथ खनालले आज आफ्नै पार्टीका तर्फबाट मात्रै केही नयाँ मन्त्रीहरु थप गरी मन्त्रीमन्डल विस्तार गर्दै हुनुहुन्छ । एकीकृत नेकपा माओवादीले तत्काल थप मन्त्री हुनेको नामावली बुझाउने सम्भावन नदेखिएपछि प्रधानमन्त्रीले आज सानै आकारको भए पनि मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको प्र्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । नेकपा एमालेका तर्फबाट गोकर्ण विष्ट उर्मिला अर्याल रघुवीर महासेठ भानुभक्त जैसी र युवराज कार्की वा नरेश खरेलमध्ये एकजना मन्त्री हुने पक्का भएको छ । एमालेका तर्फबाट थपिने मन्त्रीहरुलाई प्रधानमन्त्रीले आजै सपथ गराउनुहुने छ । सत्ता गठबन्धनमा एमालेलाई ८ मन्त्रालय दिने सहमति भएको थियो । गएको माघ २० गते प्रधानमन्त्री चयन भए पनि सरकारले अझै पनि पूर्णआकार भने पाउने सकेको छैन ।

No comments: