News

Mar 13, 2011

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । आइतबारदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रति लिटर ९ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढाइएको छ ।पेट्रोलमा प्रति लिटर ९ रुपैयाँ बढाएर ९७ रुपैयाँ पुर्‍याएको छ भने अन्तर्राष्ट्रिय हवाई ईन्धनमा अहिले कायम ९ सय ४५ डलर प्रति हजार लिटरमा १ सय ३० डलर बढाएर १ हजार ७५ पुर्‍याएको छ । निगमले डिजल, ग्याँस र मट्टीतेलको भने मूल्य बढाएको छैन । पेट्रोलमा मूल्यवृद्धिपछि पनि प्रति लिटर ९ पैसा घाटा रहेको र अहिले पनि निगमलाई १ अर्ब १४ करोड ६२ लाख रुपैयाँ मासिक घाटा रहेको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले जानकारी दिनुभयो ।

No comments: