News

Mar 14, 2011

एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक अन्योलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारमा सहभागी सदस्य छान्न सोमबार बस्ने तय गरिएको एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक अन्योलमा परेको छ । स्थायी समिति सदस्यहरु राजधानी बाहिर भएकाले बैठक अन्योलमा परेको हो । सदस्यहरु दिउँसोसम्म राजधानी फर्के साँझ स्थायी समिति बैठक बस्ने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । स्थायी समिति बैठक बस्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहालले राजधानीमा रहेका सदस्यहरुसँग भने छलफल गर्ने नयाँ बजार स्रोतले जनाएको छ । स्थायी समिति बैठकले मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको नाम टुङ्गो लगाउने बताइएको छ । आन्तरिक विवादका कारण एमाओवादीले सरकारमा जाने सदस्यहरु छान्न सकेको छैन् । अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले आ-आफ्नो पक्षधरलाई प्राथमिकता दिएकाले अप्ठ्यारो परेको छ । स्थायी समिति बैठकमा मजदुर संगठनमा देखिएको विभाजनले पनि प्राथमिकता पाउने भएको छ ।

No comments: