News

Mar 14, 2011

विदेशी राजदुतले सिधै सम्पर्क गरेर भेटघाट गर्न नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालकालागी विदेशी राजदुत र विभिन्न नियोगका पदाधिकारीले प्रधानमन्त्रीसँग सिधै सम्पर्क गरेर भेटघाट गर्दै आएकोमा अब त्यस्तो नहुने भएको छ । अब विदेशी पदाधिकारीले प्रधानमन्त्रीसँग भेटघाट गर्नुपरेमा परराष्ट्र मन्त्रालयलाई अनिवार्य जानकारी गराएर प्रोटोकल र समय मिलाउनुपर्ने नियमलाई कडाइका साथ लागु गरिने भएको छ । यसअघि पनि यस्तो व्यवस्था कायमै रहे पनि त्यसको कार्यन्वयन हुन सकेको थिएन । आफूखुसी प्रधानमन्त्रीलाई भेट गर्न नपाइने नियमलाई प्रभावकारी रुपमा लागू गरिन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । परराष्ट्रको प्रोटोकलमार्फत भेटघाटको स्वीकृति लिनु जरुरी छ । उनले भने । विगतमा पनि प्रोटोकल नियमलाई लागु गर्ने भनिए पनि विदेशी पाहुनाहरु सीधै प्रधानमन्त्री कार्यालय वा निवास पुग्ने गरेका थिए ।

No comments: