News

Mar 13, 2011

रङ्गको पर्व होली औपचारिक रुपमा शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आइतबारबाट रङ्गको पर्व होली औपचारिक रुपमा शुरु भएको छ । विभिन्न ध्वजा पतकाहरुले सजाईएको बाँसको लिंगो अर्थात चिर काठमाडौंको बसन्तपुरमा ठड्याएपछि होली पर्व औपचारिक रुपमा सुरु भएको हो। फागुन शुक्ल अष्टमीका दिन चिर ठड्याउने प्रचलनअनुसार काठमाडौंको बसन्तपुरमा आइतबार बिहान चिर ठड्याइएको हो । शुक्लपक्षको अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने यो पर्व स्थान विशेषअनुसार होली, होरी, फागु आदि नामले पनि चिनिन्छ । फागु पूर्णिमाका दिन फागुन शुक्लअष्टमीमा उठाइएको चिरलाई विशेष पूजागरी ढालेर चिरदहन गरेपछि फागु समाप्त भएको मानिन्छ । तराईमा भने पूर्णिमाको भोलिपल्टसम्म यो पर्व मनाइन्छ । चिरमा लगाईएको कपडा बच्चाहरुलाई लगाईदिएमा रुन्चे रोग लाग्दैन भन्ने धार्मिक विश्वास पनि रहीआएको छ ।

No comments: