News

Mar 14, 2011

हेटौँडाका उद्योगहरु आज सातौ दिन पनि बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हेटौँडाका उद्योगहरु आज सातौ दिन पनि बन्द रहेका छन्। अखिल नेपाल औद्योगक मजदुर संघले बन्द फिर्ता लिएपनि हेटौँडा उद्योग संघले उद्योगहरु खुलाउन नसक्ने जनाएपछि उद्योगहरु खुल्न नसकेका हुन्। मकवानपुर उद्योग वाणिज्य संघले पनि मजदुरसँग गरेको सहमति उल्ट्याएपछि मजदुरहरु पनि मौन बसेका छन्। केन्द्रमा सहमति नभएसम्म उद्योगहरु नखुल्ने अवस्था बनेपछि हेटौँडाका ६० उद्योगहरु सात दिनदेखि लगातार बन्द छन्। उद्योगहरु बन्द हुँदा दैनिक ४ करोड रुपियाँ घाटा भइरहेको छ भने त्यहाँ कार्यरत सात हजार मजदुर सात दिनदेखि कामविहीन भएका छन्। उद्योगहरु बन्द हुँदा मकवानपुरको आर्थिका कारोबारमा पनि मन्दी सुरु भएको छ।

No comments: