News

Mar 12, 2011

महाभूकम्पः परमाणु ऊर्जा प्लान्टमा विष्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २८ - भूकम्पपछि क्षतिग्रस्त जापानको एक परमाणु ऊर्जा प्लान्टमा शनिबार विष्फोट भएको छ । फुकुशिमामा रहेको ऊर्जा प्लान्ट विष्फोट भएपछि आगो लागेको दृष्य टाढाबाट देख्न सकिन्छ । 'विष्फोटमा सयौं कर्मचारी घाइते भएका हुनसक्ने अनुमान गरिएको छ, तर मानवीय र भौतिक क्षतिको पूर्ण विवरण आएको छैन,' अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले आफ्नो समाचारमा उल्लेख गरेका छन् । ऊर्जा प्लान्टमा विष्फोटपछि १० किलोमिटर वरपरको क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थलतर्फ सारिएको छ । ऊर्जा प्लान्टमा विष्फोट भएपछि जापानी प्रधानमन्त्रीले एक वा दुई ऊर्जा प्लान्टमा संकटकाल घोषणा गरेका छन् । भूकम्पका कारण विद्युत् आपूर्ति बन्द भएका कारण चिस्याउने संयन्त्र असफल भएपछि प्लान्टमा विष्फोट भएको बीबीसीले जनाएको छ । फुकुशिमास्थित ऊर्जा प्लान्टमा विष्फोट भएपछि रेडियो विकिरण चुहिन सक्ने चेतावनी अधिकारीहरुले जनाएका छन् ।

No comments: