News

Mar 13, 2011

जापानमा १४ नेपाली विद्यार्थी सम्पर्कविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २९,जापानमा आएको भुइँचालो र सुनामीको प्रकोपमा परेर बाँच्न सफल एक नेपाली विद्यार्थी रविन शर्माले आफूसँगै पढ्ने १४ जना नेपाली विद्यार्थीको स्थिति बेखबर रहेको जानकारी गराएका छन् ।
सेन्डाइस्थित भाषा स्कुलको कक्षामा बसेर पढिरहेका बेला सुनामी आउँदा आफू भागेर बाहिर निस्कन सकेपनि अन्य सहपाठीहरु स्कुलमैं थुनिएको र सुनामीले स्कुल क्षतविक्षत भएको उनले जनाएका छन् । 'रविनले मोबाइल मेसेजबाट पठाएको खबरमा सगैका साथीभाइको स्थितीबारे चिन्ता जनाएका छन्,'गैर आवासीय नेपाली संघ, जापानका प्रवक्ता डा.कुमार बस्नेतले फोनमा भने । यसबाहेक, यति तथा साइनो नामका नेपाली रेष्टुरेन्ट बगाएको र झण्डै एक दर्जन नेपालीहरु सम्पर्कहीन रहेको बिषयमा समेत स्थानीय नेपाली समुदाय सम्पर्क स्थापित गर्न-गराउनमा लागिपरेको बस्नेतले बताएका छन् । 'हामी नेपालीहरुको स्थिति पहिल्याउन विदेश मन्त्रालयमार्फत पहल गरिरहेका छौं,'टोकियोस्थित दुतावासका उपनियोग प्रमुख डा.दुर्गा सुवेदीले भने ।

No comments: