News

Mar 13, 2011

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैतमा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैतमा हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैतमा हुने भएकाले त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनहरूलाई तयार रहन निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनलाई शुक्रबार बैठकमा बोलाएर निर्देशन दिएको हो। बैठकमा उपस्थित विद्यार्थी प्रतिनिधिले स्ववियु चुनाव हुनैपर्ने एकमत राखेका थिए । विद्यार्थी संगठनहरूबीच स्ववियु विनियम संशोधन गरी 'समानुपातिक' प्रणालीमा हुनुपर्ने मतभेद भने जारी छ । नेविसंघबाहेक अन्य संगठनले समानुपातिक निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । विनियम संशोधनका निम्ति त्रिवि परिषद्को बैठकले मात्र सक्ने र तत्काल संशोधन सम्भावना कम रहेको बैठकमा जानकारी गराएको छ। नेविसंघ, अखिल छैटौं र प्रज्ञा परिषद्ले विद्यमान विनियमअनुसारै प्रत्यक्ष निर्वाचन हुनुपर्ने मत राखेको नेविसंघ अध्यक्ष प्रदीप पौडेलले बताए ।

No comments: