News

Mar 14, 2011

सुनामी प्रभावित क्षेत्रका १ सय १५ नेपाली सम्पर्कमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ३० - जापानमा शुक्रबार गएको भूकम्प तथा सुनामी प्रभावित क्षेत्रमा रहेका १ सय १५ जना सम्पर्कमा आएको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ । सञ्चार सम्पर्क बिच्छेद भएकाले पूर्ण तथ्यांक भने पाउन नसकिएको दूतावासको सोमबार जारी विज्ञप्तीमा उल्लेख छ । 'यद्यपि राजदूतावासले जापान सरकारको परराष्ट्र मन्त्रालय, प्रहरीलगायत प्रान्तीय सरकारका विभिन्न निकायहरुसँग सम्पर्क गरी नेपालीहरुको संख्या र अवस्थाबारे सूचना प्राप्त गरिरहेको छ,' दूतावासको विज्ञप्तीमा लेखिएको छ । भूकम्पग्रस्त सेन्दाइमा रहेकी आङफुटी शेर्पा सम्पर्कमा आएको तथा सोही क्षेत्रका विद्यार्थीहरु आशीष आचार्य, सन्दीप ढुंगाना, आधार लामिछानेलगायतसँग सम्पर्क गरी नेपालीहरुको सूचना संकलन गरिएको नेपाली दूतावासले जनाएको छ । 'उहाँहरुका अनुसार कतिपय नेपाली विद्यार्थीहरु र अन्य पेशामा रहेका नेपालीहरु सेन्दाइ इन्टरनेशनल सेन्टर, मल्टीलिङ्गल सपोर्ट सिस्टममा अस्थायी आश्रममा बसिरहेका छन्,' दूतावासको विज्ञप्तीमा भनिएको छ, 'त्यहाँ खाना र पानी उपलव्ध गराइएको छ भने आजबाट विद्युत आपूर्ति सुलभ गरिएको छ ।'

No comments: