News

Mar 12, 2011

गृहमन्त्रालय आफ्नो पार्टीले पाउने भट्टराईको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा भट्टराईले सातबुँदे सहमतिअन्तर्गत नै सरकार निर्माण भएको र ढिलो वा चाँडो गृहमन्त्रालय आफ्नो पार्टीले पाउने बताउनुभयो । गृहमन्त्रालय नपाएमा ए. माओवादी पार्टीले के गर्छ भन्ने प्रश्नको उत्तरमा उपाध्यक्ष डा. भट्टराईले आफूहरु निराशावादी कुरामा नलाग्ने बताउनुभयो । उहाँले शान्ति र संविधानका लागि राष्ट्रिय सरकारको आवश्यकता भएअनुरुप वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारका रुपमा लैजान सकिने भन्दै सबै कुरा सातबुँदे सहमतिअनुसार हुँदै जाने बताउनुभयो । उपाध्यक्ष डा. भट्टराईले सरकारमा सहभागी हुन चाहने दलहरुले आ-आफ्नो दाबी प्रस्तुत गर्नसक्ने भन्दै आफूहरुले ढोका खुल्ला राखेको बताउनुभयो ।पार्टीको मजदुर सङ्गठनमा देखिएको विवादका बारे उपाध्यक्ष डा. भट्टराईले आफूहरुले कुनै संगठन खोलेको नभई एकताका लागि भेलामात्रै गरेको जानकारी गराउनुभयो ।

No comments: