News

Nov 16, 2012

सी जिनपिङ चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेता चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को महासचिव पदमा सी जिनपिङ निर्वाचित भएका छन् । पार्टीको १८ औँ महाधिवेशनबाट सी पार्टीको शीर्ष नेता महासचिव पदमा निर्वाचित भएका हुन् । सिन्ह्वा समाचार संस्थाले उल्लेख गरे अनुसार सी बिहिबार बिहान संसारकै सबैभन्दा ठूलो पार्टी सीसीपीको सर्वोच्च नेतामा निर्वाचित भएका हुन् । चिनियाँ विशेषतासहितको समाजवादको वकालत गर्दै आएका सी सँगै सीपीसीको सात सदस्यीय पोलिटब्युरो स्थायी कमिटी समेत गठन भएको छ । महाधिवेशनबाट गठन भएको ७ सदस्यीय पोलिटब्युरोमा लि केक्विङ, झाङ देजिङ, यु जेङसेङ, वाङ क्विशान र झाङ गाउली रहेका छन् । सी महासचिव पदमा निर्वाचित भए सँगै उनी चीनको आगामी राष्ट्रपति हुने पक्का भएको छ । पोलिटब्युरोका ७ जनाबाट एक जनाले उपराष्ट्रपतिपदको दाबेदारी दिनेछन् । सी सँग चिनीयाँ राजनीतिको राम्रो अनुभव सँगै सन् २००८ मार्चबाट उपराष्ट्रपतिपदमा बसेर काम गरेको समेत अनुभव रहेको छ । सी लाई विचार गरेर बोल्ने तर आफ्नो अडान परिवर्तन नगर्ने हठी नेताका रुपमा चिनिन्छ ।

No comments: