News

Nov 22, 2012

अशोक राईको अध्यक्षतामा नयाँ पार्टी घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर ७ -एमालेका पूर्व उपाध्यक्ष अशोक राईको अध्यक्षतामा एकल जातीय पहिचान पक्षधर पार्टीको घोषणा आज भएको छ । काठमाडौं नयाँबजारस्थित नेपा ब्याङकेटमा बहुपदीय संगठनात्मक संरचना हुने 'संघीय समाजवादी पार्टी' नामक दलको घोषणा गरिएको हो । अधिकांश नेकपा एमाले पक्षधरका नेता तथा कार्यकर्ता रहेको घोषणा कार्यक्रममा नेपाली कांग्रेसका केही पूर्व नेता सहभागी छन् । ९७ सदस्यीय कार्यसमिति सहित बनेको पार्टीमा ८ जना उपाध्यक्ष, १ जना महासचिव, ३ जना उपमहासचिव र ५ जना सचिव छन् । पार्टी उपाध्यक्षहरुमा विजय सुब्बा, दुर्गामणी देवान, प्रेमकृष्ण पाठक, बीरबहादुर लामा, रकम चेम्जोङ, हेमराज राई, महोम्मद रिजवान अन्सारी र गोपाल ठाकुर छन् । महासचिवमा एमालेकै पूर्व केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ छन्। यसैगरी उपमहासचिवमा अजम्बर काङमाङ राई, राधा तिमल्सिना र नोर्साङ शेर्पा छन् भने सचिवहरुमा मीना गुरुङ, हीरालाल चौधरी, कर्ण बहादुर बुढामगर, रामसिंह यादव र डिबि नेपाली छन् । राज्य पुनर्संरचना गर्दा एकल जातीय पहिचानलाई आधार बनाउनुपर्ने अलग धारणा राख्दै एमालेलगायत दल त्यागेकाहरुको हिजोको बैठकले पार्टी नेतृत्वसँगै झन्डा र घोषणापत्र पारित गरेको थियो ।

No comments: