News

Nov 30, 2012

चीन‍का सहरी जोडीले दोस्रो सन्तान जन्माउन पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रोयटर्स, मंसिर १३ (एजेन्सी)- चीनमा कायम रहेको एक सन्तान नीतिलाई परिमार्जन गर्न लागिएको परिवार नियोजन कार्यालयका अधिकारीले जानकारी दिएका छन्। संसारकै सबैभन्दा ठूलो जनसंख्या भएको मुलुकमा एक सन्तान नीतिका कारण जनसंख्या लगातार घट्दै आएको छ। यो नीति परिवर्तन भयो भने चीनका सहरी क्षेत्रका जोडीले दोस्रो सन्तान जन्माउन पाउनेछन्। यो सुविधा एउटै बच्चा नजन्माएका जोडीका लागि पनि लागू हुनेछ। चाइना डेलीले राष्ट्रिय जनसंख्या तथा परिवार नियोजन आयोगका पूर्व प्रमुखलाई उदृत गर्दै एक सन्तान नीति हट्न लागेको जनाए। अहिलेको प्रावधान अनुसार आफ्नो कोही नभएको अवस्थामा मात्र सहरी क्षेत्रका जोडीले दोस्रो सन्तान जन्माउन पाउँछन्। ग्रामीण क्षेत्रमा भने यो नीति लत्याउनेहरु कम छैनन्। सन् १९७९ मा जन्मदर नियन्त्रण गर्न लागू गरिएको नीतिले जनसंख्या नियन्त्रण सफलरुपमा गरेको थियो। तर, यसले त्यहाँ विभिन्नखाले समस्याहरु सिर्जना गर्‍यो। अहिले चीनको जनसंख्या १ अर्ब ३४ करोड छ। आर्थिकरुपमा सम्पन्न क्षेत्रमा नयाँ नीति छिटै लागू हुने बताइएको छ। जनसंख्या नियन्त्रण हुँदा चीनमा कामदार नपुग्ने स्थिति बन्दै गएकोमा अर्थविद्हरुले चिन्ता जनाउन थालेका छन्।

No comments: