News

Nov 8, 2012

एमाओवादी र कङ्ग्रेसको कुरो मिलेन, ३० मिनेट वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कात्तिक २३ - छलफलका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवासमा पुगेका नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालासहितको टोली कुरो नमिलेपछि फर्किएको छ। नयाँ सरकार निर्माण र बजेटबारे छलफलमा जुटेका एमाओवादी र कङ्ग्रेसका नेताबीच कुरा नमिलेपछि आधा घन्टामै वार्ता टुटेको थियो। 'उहाँहरुले बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकारमा आउनुपर्र्यो भन्नुभयो,' वार्तापछि  कुरा गर्दै कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, 'हामीले त्यसमा असहमति जनायौं। र, बाहिरियौं।' पौडेलका अनुसार अध्यक्ष दाहालले राष्ट्रिय स्वरुपको सरकार बाबुरामकै नेतृत्वमा बनाउन र पूर्ण बजेटका लागि सहमति मागेका थिए। तर, कङ्ग्रेस सभापति कोइरालाले त्यसमा असहमति जनाए। 'निर्वाचन र बजेट दुबै यो सरकारबाट हुँदै भन्ने हाम्रो पुरानो अडान नै दोहर्यामयौं,' पौडेलले भने, 'सहमतीय सरकार नबनाई हामी बजेट ल्याउन र चुनाव गर्ने कुरामा सहमति जनाउन सक्दैनौं।' पौडेलले कङ्ग्रेस आन्दोलनबाटै अगाडि बढ्ने जानकारी दिएर फर्केको बताए।

No comments: