News

Nov 20, 2012

संविधानसभाको अर्को निर्वाचन आगामी बैसाखमा गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ मंसिर,सरकारले संविधानसभाको अर्को निर्वाचन आगामी बैसाखमा गर्ने निर्णय गरेको छ । विपक्षीदलहरुले बैसाखमा चुनाव गर्नुपर्ने माग गरिरहेका बेला मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एकतर्फीरुपमा चुनाव घोषणा गरेको हो । मंसिर ७ गते घोषित निर्वाचन नहुने भएपछि मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले बैसाखभित्र निर्वाचन गर्ने निर्णय गरेको सहकारीमन्त्री एकनाथ ढकालले अनलाइनखबरलाई बताउनुभयो । ‘संविधानसभाको अर्को निर्वाचन वैशाखभित्र गर्ने निर्णय भएको छ’ मन्त्री ढकालले भन्नुभयो- ‘मिति भने राजनीतिक सहमतिमा तय गरिनेछ ।’ संविधान नै नबनाई संविधानसभा भंग हुनु केही घण्टाअघि गत जेठ १४ गते राति सरकारले मंसिर ७ मा संविधानसभा निर्वाचन गर्ने घोषणा गरेको थियो । तर, विपक्षी कांग्रेस-एमालेले निर्वाचनलाई अस्वीकार गर्दै असहयोग गरेपछि र आवश्यक ऐन कानुन संशोधन गर्न समेत सरकार असफल भएपछि चुनावको मिति ५ महिनापछि सारिएको हो ।

No comments: