News

Nov 11, 2012

१२८ औं फाल्गुनन्द लिङदेन जन्मजयन्ती हङकङमा सम्पन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /लाओती तान्छोहाङ 
हङकङ, १० अक्टुबरको दिन जोर्डन यमाताई कम्यूनिटी सेन्टरको सभाकक्षमा किरात याक्थुङ चुम्लुङ हङकङले १६औं राष्ट्रिय विभुती तथा समाज सुधारक फाल्गुनन्द लिङदेन ज्यूको १२८औं जन्मजयन्ती मनाएको छ । किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष त्रिभुन लुम्फुङवाको अध्यक्षता सम्पन उक्त कार्यक्रममा हलमा उपस्थित सबै भन्दा ज्येष्ठ व्याक्ति मान बहादुर नाल्बो लाई प्रमुख अतिथी र अतिथीहरुमा जनजाति महासंघका अध्यक्ष एम.बि.थापा, निर्वतमान चुम्लुङ अध्यक्ष कृष्णराज लाओती, मञ्च सम्बद्ध लिम्बूवान राज्य परिषद हङकङ अध्यक्ष बिष्णु इङनाम, इङवा हाइड्रोपावरका राम कुमार इवाराम, लिम्बूवान राष्ट्रिय मोर्चाका अध्यक्ष दिल पालुङवा, जनजाति पत्रकार महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ, याक्थुङ मौलिक धर्मका अध्यक्ष हस्त मास्वा,भयवादी लेखक देश सुब्बा, कवि चन्द्र मादेन, पान्थर मञ्चका उपाध्यक्ष कुमार गुरुङ, तेह्रथुम मञ्चका अध्यक्ष श्याम इङनाम, लिङदेन परिवार प्रतिनिधी डम्बर लिङदेन,सल्लाहकार टंक चङवाङ र जनजाति युवासंघका अध्यक्ष बिजय लिम्बू लाई आशन गराइएको थियो । कार्यक्रम फालगुनन्द लिङदेनको तस्बीरमा दियो र माल्र्यपन गरेर आरम्भ गरिएको थियो । चुम्लुङका सदस्य कमान धोज लाओती ले फाल्गुनन्द लिङदेनको बारेमा जानकारी गराउनु भएको थियो । सम्पूर्ण वक्ताहरुले उहाँले गर्नु भएका कार्यहरु साहासिक , समय अनुकल र अत्यन्तै ब्याबहारिक थियो । चाहे त्यो १० लिम्बू १७ थुम बाट चुम्लुङ बोलाएर गरिएको १० बुदे सत्यधर्म मुचुल्का होस या किरात धर्मको आड बाट सिरिजंगा लिपि लाई सम्रक्षण गर्न । उहाँको यस्तै उच विचारको कदर स्वरुप नेपाल सरकारले उहाँको नाममा हुलाक टिकट र १६औं राष्ट्रिय विभुती पनि घोषणा हुनु भएको छ । सुझाव स्वरुप सबै बक्ताहरुले आउदा दिनहरुमा यो कार्यक्रमलाई ब्यापक र बिस्तृत बनाउनु पर्छ भनेका थिए । स्वागत मन्तवय उपाध्यक्ष कमल कुमारी लिम्बूले गर्नु भएको थियो भने कार्यक्रम सदस्य किरण लिवाङले सञ्चालन गर्नु भएको थियो ।

No comments: