News

Nov 9, 2012

देउवाले नै पत्याएनन् कांग्रेसको आन्दोलनलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सरकार छाड्न दबाव दिन भन्दै नेपाली कांग्रेसले शुक्रबार बसन्तपुरमा आमसभा गर्‍यो । राजधानी आसपासका जिल्लाबाट समेत कार्यकर्ता ल्याएर कांग्रेस शीर्ष नेताहरुले सरकार र एमाओवादीको उछित्तो काटे र सडक आन्दोलनबाटै बाबुराम सरकारलाई बर्खास्त गर्ने चेतावनी दिए । सरकार ढाल्न आन्दोलनका लागि जुट्नस् भनेर कार्यकर्तालाई भनिरहँदा शीर्ष नेताहरुले भने पार्टी एकीकरण भएको ६ वर्षसम्म पनि मिल्न नसकेको मन अझै मिल्न नसकेको नेताहरुले कार्यकर्ताबाट लुकाउन सकेनन् । आमसभामा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले जुवारी खेले । वरिष्ठ नेता देउवाले संविधानसभा पुनःस्थापनाको विपक्षमा पार्टी उभिएकोमा अमिलो मन बनाए । ‘हामीले ४ वर्षमा संविधान बनाउन सकेनौं । त्यही संविधान बनाउन चुनाव गर्न खोजिरहेका छौं’ उनले भने-’मैले संविधानसभा पुनःस्थापना गरेर संविधान बनाउँ भन्दा कसैले मानेन, मैले कसैलाई मनाउन पनि सकिनँ । मलाई चुनावै चाहँदैन, भत्ता खान समेत भने । संविधान बनाएर चुनावमा जाने कि त्यही संविधान बनाउन चुनावमा जाने ? ‘ वरिष्ठ नेता देउवाले प्रधानमन्त्रीले तत्काल राजीनामा दे भनेकोमा समेत व्यंग गरे । ‘अहिले नै राजीनामा आजै दे भन्नु भो । मलाई खुसी लाग्यो’ हाँस्दै उनले भने-’साथीहरुको ताली बज्यो । सबैले हात उठाए । तर, राजीनामा दिँदै दिँदैन के गर्ने ?’ -सभामा गलल हाँसोको फोहोरा छुट्यो) नेता देउवाले पार्टी नेताहरुले गर्ने भनेको सरकारविरुद्ध आन्दोलनलाई पनि पत्याएनन् । ‘आन्दोलन गर्ने हो कि हैन भन्ने परेको छ यहाँ’ उनले भने-’बीचबीचमा माओवादीसँग कुरा भइराख्या छ भन्ने सुन्छु मैले । आन्दोलन गर्ने हो भने आन्दोलनबाटै कुरा होला नि । भोली नेगोसिएसन होला । आन्दोलन भनेको मुख घोषणा गरेर मात्र हैन, भोली कामले पनि हुनुपर्‍यो ?’ त्यसपछि सभालाई सम्बोधन गर्न आएका सभापति सुशील कोइरालाले देउवाको जवाफ फर्काए । कोइरालाले आन्दोलन र वार्तालाई एकसाथ अघि बढाउने बताए । ‘अघि एक जना साथी (देउवा)ले भन्नुभो । वार्ता गर्ने हैन एउटै कुरा आन्दोलन भन्नुहुन्छ’ उहाँले भन्नुभयो-’हैन । हामी वार्ता पनि जारी राख्छौं । सहमति, सहकार्य, एकता र मेलमिलापलाई हामी छोड्दैनौं । छोड्यो भने माओवादीले छोडुन, हामी छोड्दैनौं ।’

No comments: