News

Nov 11, 2012

अमेरिकी गुप्तचर प्रमुखद्धारा राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक डेविड पैट्रियसले राजीनामा दिएका छन् । विवाहपछि पनि अर्की केटीसँग सम्बन्ध राखेको खबर सार्वजनिक भएपछि आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले त्यस्तो सम्बन्ध रहेको स्वीकार्दै अमेरिकी गुप्तचर संस्थाको प्रमुखका रुपमा आफूले गरेको व्यवहार ठीक थिएन भनेका छन् । पहिले इराक त्यसपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सेनाको कमाण्ड सम्हाल्दै डेविड पैट्रियस २०११ मा सीआईएको प्रमुख बनेका थिए । ११ सेप्टेम्बर २००१ मा आतंकवादी हमला गरिएपछि पैट्रियस अमेरिकाको सबैभन्दा शक्तिशाली सैन्य अधिकारी थिए । इराक र अफगानिस्तानमा उनले गरेको कामको पनि प्रशंसा गरिन्थ्यो । पैट्रियसको राजीनामा बराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको ठीक तीन दिनपछि आएको हो । आफ्नो राजीनामा घोषणा गर्दैगर्दा उनमा पश्चाताप झल्किएको देखिन्थ्यो, समाचारमा उल्लेख छ ।

No comments: