News

Nov 28, 2012

विपक्षीले समय थप्न राष्ट्रपतिलाई आग्रह गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर १३ - राष्ट्रपति ले दिएको सहमतिको सरकार निर्माण गर्ने समय सिमा सकिने बेला भइसक्दा पनि सहमति हुन नसकेपछि प्रमुख विपक्षी कांग्रेस एमालेबीच केही दिन अझै समय माग्ने समझदारी भएको छ । एमाले मुख्यालय बल्खुमा बसेको दुई दलको बैठकले आवश्यकता अनुसार राष्ट्रपति संगको भेटपछि समय माग्ने बिषयमा औपचारिक आह्वान गर्ने निर्णय गरेको छ । राष्ट्रपति ले दलहरुलाई दिएको एक साताको समयसिमा बिहीबार सकिदैछ । राष्ट्रपति लाई बिहीबार साँझ दलहरुले भेट्ने कार्यक्रम छ । बैठकपछि काग्रेस उपसभापति रामचन्द्र पौडेलले पछिल्लो परिस्थितिबारे समिक्षा भएको र सहमतिका लागि समय माग्नेबारे कुरा भएको जानकारी दिए ।'भोलि समय सकिदैछ,छलफल जारी राख्दै सहमति भएन भने सिमा थप्नेबारे पनि कुरा भएको छ' पौडेलले भने,' राष्ट्रपति लाई भेटेपछि नै त्यो बारे निर्णय हुन्छ । प्रमुख दलहरुबीचको राष्ट्रपति को कदम संबैधानिक कि असंबैधानिक भन्ने विवादले गर्दा सहमति हुन सकेका छैन । सत्तारुढ र विपक्षी दुबै गठबन्धनले सरकारको नेतृत्व दाबी गरिरहेका छन् । दुबै पक्षको विवादले गर्दा एकसाता भित्र प्रमुख दलहरुबीच एउटा बाहेक अरु बैठक समेत भएको छैन । एजेण्डामा प्रवेश गरेर छलफल नै नभई राष्ट्रपति ले दिएको समयसिमा समाप्त हुन लागेको हो ।

No comments: