News

Nov 11, 2012

मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद बेलायतको बिस्तारित बैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/नबराज काम्बाङ्ग लिम्बु र बेलायत 
पहिचान सहितको संघीयता र संघीयता सहितको नयां संविाधानमा नेपालको अरुण, संखुवाखोला र सप्तकोशी नदी पूर्वका नौंवटा जिल्लाहरुलाई ऐतिहासिक पृष्ठभुमीको आधारमा लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि निरन्तर आन्दोलनरत मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद बेलायत प्रवास कार्य समितिको मिति २७ अक्टोवर २०१२ मा वेलायतको अल्डरसट स्थित निर्माया रोधीघरमा विस्तारित वैठक सम्पन्न भयो । उक्त बैंठकले श्री सुरज तमुलाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद बेलायत प्रवास कार्य समितिको सञ्चार विभाग प्रमुख पदमा चयन गरेको छ । त्यस्तै परिषदले वेलायतको क्षेत्रिय कार्यसमितिलाई सशक्त बनाउने र संगठन विस्तारलाई व्यापक वनाउने निर्ण गरेको छ । स्मरण रहोस यस परिषदले वेलायतमा ८ जुलाई २०१२ मा गठन भएपश्चात आफनो मातहतको ७ वटा क्षेत्रिय कार्य समितिहरु गठन गरिसकेको छ । जस्मा - १) वेल्स, २) डोनकास्टर, ३) रिडिङ, ४) रसमोर, ५) आसफोर्ड, ६) अक्सफोर्ड, ७) फोक्स्टोन क्षेत्रिय कार्य समितिहरु गठन भइसकेका छन र अरु चाडैं नैं गठन हुने क्रममा छन । उक्त बैठकले नेपाल लिम्बुवानमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रिय कार्य समितिले गरीरहेको लिम्बुवान प्राप्तिको आन्दोलनलाई सशक्त रुपले निरन्तर सहयोग गरिरहने निर्णय गरेको छ । उक्त बैंठकमा अतिथिको रुपमा संघीय लोकतान्त्रिक राष्टिय मञ्च वेलायत प्रवास कार्य समितिका अध्यक्ष श्री देवी वहादुर तुम्बाहाङफे र संघीय मञ्चकै वेलायत प्रवास कार्य समितिका उपाध्यक्ष श्री चुडामणी तुम्बाहाङफे उपस्थित हुनुहुन्थ्यो । सो वैंठकमा वेलायतको सवै क्षेत्रिय कार्य समितिका पदाधिकारीहरु, तुम्याहाङहरु र महिला परिषदका प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो । त्यसैदिन र सोही स्थानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको छुटटै बैठक वसी श्रीमती नन्दा चेम्जोङलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्ष मण्डल सदस्यको पदमा चयन गरेको छ । सो बैठकको सञ्चालन परिषदको वेलायत प्रवास कार्य समितिका केन्द्रिय महासचिव श्री मान तवेवुङ “नाजम” ले गर्नु भएको थियो भने मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद वेलायत प्रवास कार्य समितिको केन्द्रिय अध्यक्ष श्री लोकेन्द्र तवेवुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments: