News

Nov 16, 2012

२० राज्यलाई अमेरिकाबाट अलग गर्न माग गर्दै निबेदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी राष्ट्रपति बराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि उनका समर्थकहरुले धुमधामसँग खुसी मनाए । पराजित उम्मेबार मिट रोम्नीका समर्थक भने निरास देखिए । निर्वाचनमा हार-जित हुनु स्वभाविक नै हो । तर, ओबामाको जितपछि निराश भएका १ लाख भन्दा बढी अमेरिकीले छुट्टै देशको माग गरेका छन् । अमेरिकाबाट आफ्नो राज्यलाई अलग गर्न माग गर्दै करिव २० वटा राज्यका मानिसले ह्वाइट हाउसमा निबेदन दिएको बीबीसीले जनाएको छ । निवेदनमा रिपब्लिकन उम्मेदबार रोम्नीलाई समर्थन गरिएको छ । अमेरिकाको संविधानमा राज्य देशबाट अलग हुने सक्ने व्यवस्था छैन । तर उनीहरुले अमेरिका बेलायतबाट स्वतन्त्रता हुँदाको घोषणापत्रको एक लाइन उल्लेख गर्दै आफुहरु स्वतन्त्र हुन पाउनुपर्ने जिकिर गरेका छन् । सोमबार रातिसम्म निवेदनबारे हृवाइट हाउसले केही जवाफ दिएको छैन ।

No comments: