News

Nov 20, 2012

विपक्षीको विरोधका बीच बजेट अध्यादेश सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
५ मंसिर,विपक्षीको विरोधका बीच सरकारले पूर्ण बजेटसम्वन्धी अध्यादेश राष्ट्रपति डा. रामवरण यादवसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुन अनन्त र मुख्यसचिव लिलामणि पौडेलले शितल निवासमा पुगेर गत वर्षको बजेटको बास्तविक खर्चको दुई त्रितीयांश बराबरको बजेट बुझाउनु भएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले ८ महिनाका लागि ३ खर्ब ६४ करोड १० लाख ४४ हजारको बजेट पारित गरेको थियो । बजेटमा संविधानसभा निर्वाचनका लागि झण्डै १० अर्ब छुट्याइएको छ भने गत आर्थिक वर्षका चालू कार्यक्रमहरुका लागि पनि रकम विनियोजन गरिएको छ । मन्त्रालयको बजेटमा २७ प्रतिशतले कटौती गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो । अध्यादेश बुझाएपछि अर्थमन्त्री पुनले तत्कालका लागि बजेटको समस्या समाधान भएको बताउनु भयो । ‘गत वर्षको बजेटको बास्तविक खर्चको दुई त्रितीयांश बराबरको बजेट पेश गरेका छौं’ उहाँले भन्नुभयो-’कम से कम अहिलेको जटिलता हल भएको छ । तर, छिटै दलहरु बसेर सहमति बनाएर पूर्ण बेजट ल्याउनुपर्छ । त्यसले मात्र देशको अर्थमन्त्रलाई गति दिन सक्छ ।’ पूर्ण बजेट ल्याउन राष्ट्रपति र गठवन्धनका अध्यक्ष प्रचण्डले प्रयास गरेपनि सहमति नजुटेकाले पूर्ण बेजट ल्याउन नसकिएको उहाँको भनाई छ ।

No comments: