News

Nov 6, 2012

पाकिस्तानमा युवकलाई हेर्ने १५ वर्षे छोरीको ज्यान लिए आफ्नै आमाबाबुले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पाकिस्तानकी एक १५ वर्षीया युवतीले युवकलाई हेरेको आरोपमा युवतीका बाबुआमाले एसिड खन्याएर हत्या गरेका छन् । मुस्लिम समुदायमा युवतीले युवकलाई हेर्नु अनैतिक व्यवहार मानिन्छ । त्यहाँ बलात्कृत भएकी युवतीलाई मार्नु सामान्य ठान्ने गरेका समाचारहरु सार्वजनिक हुँदै आएका भए पनि युवकलाई हेरेकै कारण हत्या भएको घटना भने यो पहिलो भएको बीबीसीले बताएको छ । छोरीको हत्या गर्ने आमाबाबुले बीबीसीलाई बताए अनुसार छोरीले पुरुषलाई हेरेर परिवारको मर्यादालाई अपहेलना गरेको भन्दै छोरीको हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुले भनेका छन् ‘मर्यादाका लागि छोरीको हत्या गरेका हौँ ।’ युवतीको हत्या गर्ने बाबुआमाले युवकप्रति भने कुनै आरोप समेत लगाएका छैनन् । मुस्लिम समुदायमा महिलालाई धार्मिक प्रतिबन्ध भए पनि युवा भने स्वतन्त्र भएको कुरा यो घटनाबाट प्रष्ट हुन्छ । बीबीसीले उल्लेख गरे अनुसार छोरीले युवकलाई हेरेको थाहा पाउँने बित्तिकै बाबुआमाले छोरीलाई कुटपीट गर्न थालेका थिए । कुटपिटकै क्रममा आमाले छोरीलाई एसिड खन्याएर दुई दिनसम्म यातना दिएर मारेका हुन् । छोरीको हत्या गर्ने दम्पत्तीलाई प्रहरीले गत साता पक्राउ गरिसकेको छ । प्रहरीले यो दम्पत्तीलाई कास्मिरको जेल बठाएको बिबिसीले उल्लेख गरेको छ । मुस्लिम धर्म मान्ने देशहरुमा यस्ता घटना धेरै हुने भए पनि यो घटनामात्र प्रतिनिधि भएको मानवअधिकारवादी संस्थाहरुले उल्लेख गरेका छन् ।

No comments: