News

Nov 20, 2012

अमेरिकाले बर्माको अर्थतन्त्र उकास्न सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाले बर्माको अर्थतन्त्र उकास्न सहयोग गर्ने र भविष्यको यात्राको सहयात्री बन्न पनि तयार रहेको बताउनुभएको छ । बर्माको रंगुन विश्वविद्यालयमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै ओबामाले समाजको माथिल्लो तहबाट गरिएको सुधारले यसको जग तयार गरेका जनताको भावना समेटिनु पर्ने अमेरिकी राष्ट्रपतिको भनाई थियो । तर, यसका लागि अझै लामो यात्रा तय गर्न बाँकी रहेको उनको भनाई थियो । रंगुन विश्वविद्यालय सन् १९८८ मा बर्माको तात्कालीन सैनिक सत्ता विरुद्धको आन्दोलनको केन्द्रविन्दु बनेको थियो । ओबामाले बर्माको राखिन क्षेत्रमा मुश्लिम र बौद्ध समुदायबीचको जातिय हिंसा अत्यका लागि समेत आग्रह गरे । यसअघि ६ घण्टे बर्माको ऐतिहासिक भ्रमणका क्रममा ओबामाले आफ्ना बर्मेली समकक्षी थिन सेन र प्रजातन्त्रबादी नेतृ आङ साङ सु चीसँग भेटवार्ता गरेका थिए । ओबामासँगको भेटका क्रममा सु ची ले अमेरिकी समर्थन प्रति धन्यवाद दिंर्दै अझै कठिन समय बाँकी रहेको उल्लेख गरेकी थिइन् । यसैबीच पहिलो बहालवाला अमेरिकी राष्ट्रपतिको रुपमा बर्मा भ्रमण पुग्ने ओबामाको भ्रमणकै क्रममा बर्माले विभिन्न राजबन्दी रिहा गरेको छ ।

No comments: