News

Nov 9, 2012

नेपाल टेलिकमको द्रुत गतिको इन्टरनेट २७ गतेदेखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाल टेलिकमले कात्तिक २७ गतेदेखि द्रुत गतिको व्रोडब्याण्ड इन्टरनेट वाइम्यक्स सञ्चालनमा ल्याउने भएको छ । पहिलो चरणमा व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कूटनीतिक नियोग, पर्यटन व्यावसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकायलगायत संघसंस्थाहरुलाई वितरण गरिने टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिनुभयो । वाईम्याक्स नेपालमा उपलब्ध इन्टरनेट सेवा मध्ये सवैभन्दा उच्च गतिको इन्टरनेट सेवा भएको टेलिकमको दावी छ । कम्तिमा २५६ किलोविट प्रतिसेकेण्डका दरले डाटा ट्रान्सफर गर्न सकिन्छ । दोस्रो चरणमा पश्चिम क्षेत्र अन्तर्गतको पोखरा र भैरहवामा सेवा सञ्चालन गर्ने रसेवा प्रारम्भ गरेको एक वर्ष भित्र मुलुकभर सेवा पुर्‍याउने टेलिकमको लक्ष्य छ । टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङ्ग मल, वसपार्क, तथा पर्यटकहरुको आवतजावत वढी हुने क्षेत्रहरुको पहिचान गरी करिब १५ सय स्थानमा बाइफाइ हटस्पट निर्माण गरिने बताएको छ । नेपाल टेलिकम र अमेरिकन कम्पनी एयरस्पान नेटवर्क वीच गत फागुनमा भएको सम्झौता वमोजिम यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

No comments: