News

Nov 22, 2012

आयोगमा एक सय चार दल दर्ता भए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
६ मंसिर : निर्वाचन आयोगमा संविधानसभा चुनावअघि र पछि गरी एक सय चारवटा दल दर्ता भएका छन् । यसमध्ये २९ दल संगठन विस्तार प्रयोजनका रूपमा थपिएका हुन् । यी दल वैशाखमा हुने अर्को संविधानसभा चुनावमा सहभागी हुनेछन् । संविधानसभापछि नयाँ-नयाँ दलहरू घोषणा हुने क्रम चलिरहेको छ । अचम्म लाग्ने नामका र नामै नसुनेका दलसमेत निर्वाचन आयोगमा दर्ता भएका छन् । दर्ता भएका पार्टीको नाम जातीय, क्षेत्रीय किसिमका समेत छन् । तर, केही पार्टी सार्वजनिक भए पनि निर्वाचन आयोगमा दर्ता भएका छैनन् । केहीलाई भने आयोगले दर्ता गरेको छैन । संविधानसभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा ७५ वटा पार्टी दर्ता भएका छन् । संविधानसभा चुनावपछि भने आयोगमा पार्टी दर्ताका लागि ३९ वटा निवेदन परेका छन् । तीमध्ये २९ वटालाई मात्र निर्वाचन आयोगले संगठन विस्तार प्रयोजनका लागि पार्टीका रूपमा दर्ता गरेको छ । ती दलले पनि तोकिएको प्रक्रिया पूरा गरेपछि वैशाखमा हुने अर्को संविधानसभाको चुनावमा भाग लिन पाउनेछन् । राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा ७ अनुसार नयाँ दल दर्ता भएको आयोगले जनाएको छ ।पार्टी  खोल्न र संगठन विस्तार गर्न पाउने संवैधानिक अधिकारअनुसार आयोगले दल दर्ता खुला राखेको छ ।

No comments: