News

Nov 28, 2012

भारतमा सत्यमेव जयतेका एक सहभागीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतिय टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' का एक सहभागीको हत्या गरिएको छ । बलिउड अभिनेता आमिर खानको लोकप्रिय टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' मा परिवारको इज्जतका लागि छोरीको हत्या गर्ने खाप पञ्चायतको निर्णय विरुद्धमा बोल्ने एक सहभागीलाई गोली हानी मारिएको हो । उक्त कार्यक्रममा सहभागी भएका अब्दुल हकिमलाई भारतको उत्तरप्रदेश राज्यमा रहेको बुलन्दसहरमा बिहीबार दिउँसै गोली हानिएको थियो । उनको हत्या भएको बेलामा उनी आफ्नी गर्भवती पत्‍नीको लागि औषधि लिन अस्पताल जाँदै थिए । घटनापछि कार्यक्रम संचालक आमिर खानले प्रतिक्रिया दिँदै अब्दुलको परिवारको सुरक्षा गर्न प्रहरीसँग माग गरेका छन् । अब्दुलकी पत्नी मेहाविसले गाउँलेहरुले आफू र आफ्नी छोरीलाई समेत मार्ने धम्की दिएको बताउँछिन् । खानले घटनाको भत्सर्ना गर्दै उनले यसको विरोध संभव भए जति सबै मञ्चमा गर्ने र पीडित परिवारलाई न्याय र राहत दिलाउन प्रयासरत रहने बताए ।

No comments: