News

Nov 8, 2012

माइक्रोसफ्टले विण्डोज लाइभ म्यासेन्जर (डब्लूएलएम) बन्द गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माइक्रोसफ्टले विण्डोज लाइभ म्यासेन्जर (डब्लूएलएम) बन्द गर्ने भएको छ । अब यसको स्थानमा स्काइपको म्यासेन्जर प्रयोग गरिनेछ । इन्सट्यान्ट म्यासेजिङ टुलको दुनियाँमा म्यासेन्जर सबैभन्दा लोकप्रिय छ । माइक्रोसफ्टले करीब १८ महिला पहिले म्यासेन्जरका लागि स्काइपलाई साढे आठ अर्ब डलर राशी दिने घोषणा गरेको थियो । कम्पनीका अनुसार सन् २०१३ को मार्चबाट चीनबाहेक विश्वभर म्यासेन्जर बन्द हुनेछ । डब्लूएलएम सन् १९९९ मा एमएसएन म्यासेन्जरका रुपमा सुरु भएको हो । त्यसपछि क्रमशः म्यासेजका साथै फोटो, भिडियो, भिडियो कल र गेम पठाउने विकल्पहरु थपिए । इन्टरनेट आंकडाको विश्लेषण गर्ने र्फम कोमस्कोरका अनुसार स्काइपको तुलनामा विण्डोज म्यासेन्जर अहिले पनि धेरै लोकप्रिय छ । यो बजारमा याहूपछि दोस्रो नम्बरमा छ । विण्डेजमा स्काइपको भन्दा धेरै सुविधा पनि छ । हालै सार्वजनिक भएको एक रिपोर्टका अनुसार पछिल्ला दिनमा विण्डोज म्यासेन्जरको प्रयोगकर्ता भने घटेको छ । उसका करीब ८० लाख प्रयोगकर्ता घटेका छन्, जुन एक वर्षमा ४५ प्रतिशतले कमी हो । अर्कोतर्फ स्काइपको प्रयोगकर्ता भने दिन दिनै बढेका छन् ।

No comments: