News

Nov 6, 2012

फोरम गणतान्त्रिकको महाधिवेशन आजबाट वीरगञ्जमा शुरु हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मधेशी जनअधिकार फोरम गणतान्त्रिकको राष्ट्रिय महाधिवेशन आजबाट वीरगञ्जमा शुरु हुँदैछ । पार्टीका कार्यवाहक अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले उद्घाटन गर्ने कार्यक्रम छ । अतिथिको स्वागतका लागि वीरगञ्जमा ३४ वटा स्वागतद्वार निर्माण गरिएको छ। महाधिवेशनमा तराईका २० वटा जिल्ला र काठमाडौ उपत्यकाका तीनवटै जिल्लाबाट गरी १२ सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशन आयोजक समितिले जनाएको छ । तर, पार्टीको संस्थापन पक्षले भने पार्टीबाट निष्कासित सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव सत्ताको दुरुपयोग गरी पैसा र पदको बलमा केन्द्रीय सदस्य खरिद गर्ने षडयन्त्रमा लागेको दावी गरेको छ । संस्थापन पक्षले पत्रकार सम्मेलन गरी यादव समूहलाई महाधिवेशनमा बहुमत केन्द्रीय सदस्य उपस्थित गरेर देखाउन समेत चुनौती पनि दिएको छ ।

No comments: