News

Nov 18, 2012

गोर्खा भर्ति केन्द्र बन्द गर्ने चेतावनी - गेसो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर ३ - गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)का अध्यक्ष पदमबहादुर गुरुङले गोर्खा भर्ति केन्द्र बन्द गर्ने चेतावनी दिएका छन् । गोर्खा भर्ति रही रहे पनि यसले नेपाललाई कुनै फाइदा नहुने भएकाले यसलाई बन्द गर्नु नै उपयुक्त भएको आशय व्यक्त गरे । नेपाल सरकारले कुनै सम्झौता विना पठाइरहेकोले यसले सरकार समेत गम्भीर नभएको आरोप गुरुङले लगाए । 'सम्झौतामा सेना भर्ति गरेर पठाएका हौं भनेर स्पष्ट जवाफ सरकारले दिनुपर्छ,' आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले भने, 'हैन भने भर्ति केन्द्र भन्द गर्नुपर्छ ।' उनले गोर्खालीहरु कति मारिए त्यसको यकीन विवरण नराखेको र क्षतिपुर्तिका लागी सरकारले पहल नगरेको आरोप लगाए । बेलायतमा सेनामा भर्ति भएर गोर्खा सैनिकलाई खाडी मुलुकमा पठाएर लडाउने गर्दा युवाहरुले ज्यान गुमाउँदै गएको उनले बताए । उनले गोर्खा भर्ति केन्द्रले नेपालमा रेमिटान्स नआउने र यसले नेपाललाई कुनै फाइदा देखिँदैन' उनले भने, 'यसले झनै बेलायत पलायन हुने क्रम बढाएको छ ।' उनले भर्ति भएपछि परिवार नै उतै जाने भएकाले यसले नेपाललाई नोक्सानी मात्र भएको बताए । 'दुई सय वर्ष सम्म गोर्खालीहरु बन्दुक बोकेर लडे देशलाई के फाइदा भयो ?' गुरुङको प्रश्न थियो ।

No comments: