News

Nov 6, 2012

न्यूयोर्कमा १०३ औं देवकोटा जयन्ति सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 न्यू योर्क, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको आयोजनामा न्यू योर्ककोस्थित ज्यक्सनहाइट्सको हिमालयन याक रेस्टुरेन्टमा गत शनिबार नोबेम्बर ३ का दिन १०३ औं देवकोटा जयन्ति सम्पन्न भयो । संयुक्त राष्ट्रसंघकालागि नेपालका कार्यबाहक स्थायी प्रतिनिधी महामहिम सेवा लम्साल अधिकारीको प्रमुख अथित्यमा सम्पन्न सो कार्यक्रममा वरिस्ठ साहित्यकार तथा समालोचक अमर नेम्बाङ लिम्बूको बिशेष अथित्य तथा प्रा.डा.गोविन्द कोइराला र साहित्यकार चुंडा बसन्त लम्सालको अथित्यमा भएको कार्यक्रमलाई नेपालको राष्ट्रीय गानकासाथ शुरु गर्दै भर्खरै न्यू योर्क तथा छिमेकी राज्यहरुमा भीषण रुपमा नोक्सानी पुर्‍याउँदै गएको "हरिक्यान स्याण्डी"का कारण ज्यान गुमाएका म्रितकहरुको आत्माको चीर शन्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । वयस्क र बाल कविता प्रतियोगिता गरेर दुई चरणमा बिभाजन गरेर सञ्चालन गरिएको कार्यक्रममा बाल कविता वाचन प्रतियोगिता अन्तर्गत प्रज्ञा सापकोटा,सिम्नी निरौला, सीना निरौला र बिक्रान्त बिष्टले कविता वाचन गरेका थिए भने वयस्क कविता वाचन प्रतियोगितामा देवेन्द्र लिम्बू सम्बाहम्फे, बीरेन्द्रहाङ लाबुङ लिम्बू र अनुपमा सापकोटाले कविता वाचन गरे । सो कार्यक्रममा ज्योती पौडेल,परीता राजभण्डारी,गोविन्द कोइराला,मनु लोहोरुङ, चुंडा बसन्त लम्साल, गीता पन्थ,राजेन्द्र श्रेष्ठ,नगेन्द्र ईङ्नाम "आठराईली",पूनम काफ्ले,मूना बेल्बासे, कमला प्रसाइ र बिनोद रोकाले आ-आफ्ना रचनाहरु वाचन गरेका थिए भने म्रिदुला कोइराला र बिकास बिष्टले गीत प्रस्तुत गरेका थिए । कविता वाचन प्रतियोगितामा बाल प्रतियोगीहरुकातर्फबाट बिक्रान्त बिष्ट प्रथम, सिम्नी निरौला दोश्रो र प्रज्ञा सापकोटा तेश्रो भएका थिए भने बयस्क प्रतियोगीहरुकातर्फबाट बिरेन्द्रहाङ लाबुङ लिम्बु प्रथम, देबेन्द्र लिम्बु दोश्रो र अनुपमा सापकोटा तेश्रो भएका थिए । बिजयी कवि कवयत्रीहरुलाई प्रमुख अतिथी लम्सालले पुरस्कार बितरण गरेकी थिईन । निर्णयक मण्डलीमा ज्योती पौडेल, डा तारा निरौला,कमला प्रसाई र गीता पन्थ रहेका थिए । महाकवि लक्ष्मी प्रसाद देबकोटाको बारेमा अमर नेम्बाङ लिम्बू र गोविन्द कोइरालाले प्रकाश पारेका थिए भने धनीराम सापकोटाले आफ्नो छोटो मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लम्सालले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको संरक्षण र सम्बर्दनको निम्ति समाजले गरेको कार्यको प्रसंशा गरिन । कार्यक्रममा संस्थाका सचिव बिकास बिष्टले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मोहिनी सैंजूले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन । समाजकी भूतपूर्व अध्यक्ष ज्योति पौडेलले चाँहीं समाजको स्थपना र वर्तमान स्थिति सम्बन्धी प्रकाश पारेकी थिइन । यसै अवसरमा संस्थालाई अमुल्य योगदान दिएबापत पुर्व अध्यक्ष ज्योति पौडेललाई सम्मानित गरिएको थियो । वहाँलाई प्रमुख अतिथी कार्यवाहक महामहिम लम्सालले दोसल्ला ओडाएर कदर पत्र प्रदान गरेकी थिईन । यसै कार्यक्रमको अवसरमा संस्थाका मिडिया को-अर्डिनेटर,पत्रकार तथा साहित्यकार नगेन्द्र ईङ्नाम "आठराईली" को सम्पादकत्व र न्यू योर्कवासी सहित्यानुरागीहरुको पहलमा www.nayarachana.com (नयाँरचना डटकम) नामक साहित्यिक वेबसाईटको समेत उद्घाटन गरियो । उक्त साहित्यिक वेबसाईटलाई बरिष्ठ साहित्यकार एवं समालोचक अमर नेम्बाङ लिम्बूबाट उद्घाटन गरिएको थियो । सचिव बिकास बिष्टद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष सीता खरेलले उपस्थितिलाई स्वागत गरेकी थिईन भने अध्यक्ष पूनम काफ्लेले उपस्थित पत्रकार तथा साहित्यप्रेमीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बिसर्जन गरेकी थिईन । कार्यक्रमको अन्त्यमा देउसी भैलीका गीत गाउँदै सहभागीहरूले सामूहिक नाचगान गरेका थिए । -नगेन्द्र ईङ्नाम "आठराईली"

No comments: