News

Nov 18, 2012

ईजरायलमा हमासको आक्रमणपछि तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ईजरायलको जेरुसेलमलाई लक्षित गरी प्यालेस्टाइनी लडाकू समूह हमासले रकेट आक्रमण गरेपछि गाजापट्टीमा तनाव बढेको छ । तनाव बढ्दै गएपछि इजरायलले ७५ हजार अतिरिक्त सेनालाई तयार रहन निर्देशन दिएको छ । इजरायलले गाजामा आक्रमण गरी हमासका सैनिक प्रमुखका हत्या गरेपछि शुरु भएको द्वन्द्वमा ३ इजरेली र २८ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । शुक्रबार राती इजरायलले गाजा क्षेत्रका कयौं घरहरुमा हवाई आक्रमण गरेको छ । हमासले दशकौं पछि जेरुसलेमलाई लक्षित गरी रकेट आक्रमण गरेपछि इजरायलको सहयोगी राष्ट्र अमेरिका समेत क्रुद्ध भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई टेलिफोन गरी प्रतिरक्षा गर्ने इजरायलको अधिकारमा साथ दिइरहने प्रतिबद्धता दोहोर्‍याएका छन् । इजरेली आक्रमणमा परी हमासका सैनिक नेता अहमद जवारी र वरिष्ठ कमाण्डरको मृत्यु भएपछि हमासका लडाकुहरु बदला लिने सुरमा छन् । इजरायलले भने गाजा क्षेत्रका ६ सय भन्दा बढी हमास ठेगानाहरु आफ्नो निशानामा रहेको जनाएको छ ।

No comments: