News

Nov 16, 2012

माओवादी अध्यक्ष दाहाललाई झापड प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मङ्सिर १ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई एक सर्वसाधारणले झापड हानेका छन्। पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आएका एकजनाले हात मिलाइसकेपछि दाहालमाथि झापड प्रहार गरेका हुन्। हात मिलाउन लाइनमार्फत् मञ्चमा पुगेर उनले झापड हानेका हुन्। झापड खाएपछि दाहालको अनुहार मलिन बनेको थियो। निकै सशक्त झापड हानेका कारण अध्यक्ष दाहालको चस्मा फुटेको छ। झापड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्रधान प्रहरीले नियन्त्रणमा लिनुअघि ती व्यक्तिमाथि माओवादी भातृ संगठनका युवाहरुले आक्रमण गरेका थिए। आक्रमणबाट उनको अनुहारमा चोट लागेको छ। अध्यक्ष दाहालमाथि आक्रणम भएपछि भृकुटीमण्डपमा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ। चियापानमा सर्वसाधारणको उपस्थिति न्युन भए पनि चियापान चलिरहेको छ।

No comments: